२०८१ चैत्र ४ गते सोमवार | 2025 March 17th Monday

काठमाडौँ महानगरपालिकाका मेयर शाहको मन्त्रालयलाई जवाफी पत्र, अधिकृतलाई हाजिर गर्न नदिने अडान 

काठमान्डौं, २३ फागुन ।  काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायलाई जवाफी पत्र पठाउनु भएको छ । मन्त्रालयले आफ्नो कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन आग्रह सहित काठमाडौँ महानगरपालिकालाई पत्राचार गरेसँगै बालेनले पनि प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिने अडान सहितको जवाफी पत्र पठाउनु भएको हो ।

पत्रमा काठमाडौँ टावर सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गतको काठमाडौँ महानगरपालिकाको आफ्नो स्वामित्वको जग्गामा बन्ने बसपार्क सहितको भवन भएको उल्लेख गरिएको छ । यसअघि मन्त्रालयले आफूले प्रमुख प्रशासकीय अधिकृतका रूपमा महानगरपालिकामा खटाएको कर्मचारी सरोज प्रसाद गुरागाईंलाई बालेनले हाजिर गर्न नदिएको गुनासो आएको भन्दै मन्त्रालयले कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन आग्रह सहित पत्राचार गरेको थियो ।

काठमाडौँ महानगरपालिकामा खटाइएका गुरागाईंले आफूलाई गत पुस ८ गतेदेखि कार्यालयमा हाजिर गर्न नदिएको भन्दै मन्त्रालय समक्ष लिखित गुनासो गर्नु भएको थियो । महानगर प्रमुख शाहले आफ्नो कार्यकक्षमा ताला लगाई काम गर्न नदिएको तथा अनेक झुटा लाञ्छनाहरू समेत लगाएको गुरागाईंले मन्त्रालयलाई दिएको निवेदनमा उल्लेख गरिएको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत ‘समृद्धि आयोजना’ को प्रमुखका रूपमा कार्यरत गुरागाईंलाई मन्त्रालयले गत भदौ २७ गते प्रमुख प्रशासकीय अधिकृत बनाएर काठमाडौँ महानगरपालिका पठाएको थियो । पुरानो बसपार्कको भवन निर्माणको नक्सा पास कागज पत्रको अनुमति पत्रमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको महानगरले बताउँदै आएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस