लाेप हुदै माैलिक साेरठि नाच

सल्यान फागुन २२
सोरठि नाच नेपालको एक परम्परागत नृत्य हो । देशका विभिन्न जिल्लाहरूमा नाचिने यश साेरठि नाच बिशेशगरि सल्यान जिल्लामा पनि याे साेरठि नाच निकै लाेकप्रिय रहेको थियाे । केही बर्षयता अलि बिरलै मात्रामा देखिएको छ । साेरठि नाच चार्डपर्व र मेलामा नाचिने याे नाच खासगरी तिहार पर्वसंग सम्बन्धित मानिन्छ ।
माैलिक लाेक लयमा आधारित साेरठि नाच पाैराणिक तथा ऐतिहासिक कथामा आधारित भएर विविध लय र तालमा मारूणि सहितको तालमा बिशेषत नाच्ने गरिन्छ । सल्यानकाे परिचय संग जाेडिएकाे साेरठि नाच बर्तमान समयमा युवा पुस्तालाई हस्तान्तरण गर्ने नसक्दा यता अब इतिहास नै बन्छ कि भन्ने ठुलो डर देखिन्छ ।
राेजगारि र अध्ययनकाे शिलसिलामा युवा पुस्ता शहर र बैदेशिक यात्रा तय गर्दा संस्कृति र परम्परा जाेगाउन कठिन परिस्थिति आएको छ । छत्रेश्वरी ५ पाेखराका स्थानीय चन्द्र बहादुर खत्रीले बताउनु भयाे । पुरानो पुस्ताले नाच सिकाउने प्रयास गरेतापनि युवाजनशक्तिले देश समाज र संस्कृति प्रति चासाे देखाउन सक्दैन । लेखपाेखराका साेरठि अगुवाइ लिलाधर वलीले बताउनु भयाे ।
माैलिक लाेक संस्कृति समाजका साझा सम्पत्ति हुन । वर्तमान परिबेशमा साेरठि नाच मात्र हाेईन अन्य माैलिक संस्कृति बाेकेका नाचहरू संरक्षत्वमा चासाे नदेखाउदा लाेपउन्मुख हुदै गएका छन ।
अहिलेका युवाहरू बिशेशगरि आफ्नो कला संस्कृतिलाई बिर्सिदै बिदेशी संस्कृतिलाई अनुसरण गर्दा आफ्नो माैलिक संस्कृति भुल्दा यस्तो अबस्था आउनुमा पनि याे ठुलै कारक मानिन्छ ।