राजतन्त्र फर्किने सपना नदेख्न प्रधानमन्त्री ओलीको आग्रह

काठमान्डौं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब राजतन्त्र फर्किन सम्भव नभएको बताउनु भएको छ ।उहाँले मुलुकमा अब राजतन्त्र नफर्कने उल्लेख गर्नुहुर्दै, सबै संविधान अनुसार चल्नुपर्नेमा जोड दिनु भयो ।
आज महोत्तरीको गौशाला नगरपालिका १, रामनगरमा नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजको उद्घाटन गर्दै ओलीले अब बलमिच्याँइ र जालझेल नचल्ले बताउनु भयो ।
उहाँले औद्योगिक विकास र रोजगारी सृजनामा सरकारले प्राथमिकता दिने समेत बताउनु भयो । प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रयास बिना समृद्धि हासिल नहुने समेत उल्लेख गर्नुभयो ।
प्रकाशित मिति : २०८१ फाल्गुन २२ गते बिहिवार