सल्यानको छत्रेश्वरी गाउँपलिका वडा नं ५ का विद्यालयहरूमा वडा स्तरीय एसइइ नमुना परिक्षा सुरु भएको छ ।

फागुन २२, सल्यान । सल्यानको छत्रेश्वरी गाउँपलिका वडा नं ५ का विद्यालयहरूमा वडा स्तरीय एसइइ नमुना परिक्षा सुरु भएको छ । छत्रेश्वरी गाउँपालिका वडा न. ५ को बार्षिक कार्यक्रम अनुसार बिहीबार देखी वडा स्तरीय एसइइ नमुना परिक्षा सुरु भएको हो ।
नमुना परिक्षामा महेन्द्र माबि पाखापानीका २५ र त्रिभुवन जनता माबि चौरपानीका २५ जना विद्यार्थीहरू सहभागी रहेका छन ।
आगामी चैत्र ८ गते देखि हुने एसइइ परिक्षा प्रति विद्यार्थीहरूलाई अभ्यस्त बनाउने उदेश्यले नमुना परीक्षा कार्यक्रम संचालन गरिएको छत्रेश्वरी गाउँपालिका वडा नं ५ मा वडाध्यक्ष फौद बहादुर बस्नेतले बताउनु भयाे ।
नमुना परिक्षा बाट एसइइ मा कसरी लेख्ने, समय व्यस्थापन कसरी गर्ने जस्ता कुराहरूमा विद्यार्थीहरू तयारी हुने र नमुना परिक्षाका क्रममा विद्यार्थीले गरेका कमजोरीहरू पत्ता लगाइ शिक्षकहरूले पृष्ठपोषण गर्न मिल्ने भएकाले गत बर्ष देखि वडाको एसइइ नजितामा सुधार आएको उहाँले बताउनु भयाे ।