२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

कांग्रेस बलियो भएमात्रै नेपाल समृद्ध मुलुक बन्नसक्छः  नेपाली कांग्रेस सभापति देउवा

काठमाण्डौँ, २२ फागुन ।  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुनिश्चित हुने बताउनु भएको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा नेपाल भूतपूर्व सैनिक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल भूतपूर्व सैनिक संघमा समस्या रहेको कुरालाई बुझेर आफूले समाधानका लागि पहलकदमी गरिरहेको बताउनु भएको हो  । 

उहाँले गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको पनि जानकारी गराउनु भएको छ ।  गोरखा भर्तीका समस्या समाधानका लागि कुटनीतिक तहमा कुरा अगाडि बढाउने प्रतिवद्धता जनाउनु भएको छ । सभापति देउवाले सबै भ्रातृ एवं शुभेच्छुक संस्था बलियो भए  नेपाली कांग्रेस पार्टी पनि बलियो हुने जिकिर गर्नु भएको छ ।  

प्रकाशित मिति : २०८१ फाल्गुन २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस