आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?

काठमाण्डौँ, २२ फागुन । बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा बिहीबारका लागि १ लाख ७० हजार ७ सय रुपैयाँ तोकिएको हो । यस अघि फागुन १३ गते सुनको भाउ १ लाख ७१ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो । बिहीबार चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १९ सय ५० रुपैयाँमा कारोबार भएकोमा बिहीबारका लागि प्रतितोला १९ सय ८५ तोकिएको छ ।
प्रकाशित मिति : २०८१ फाल्गुन २२ गते बिहिवार