२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

स्वास्थ्य सचिवमा डा.विकास देवकोटालाई नियुक्त गर्ने सरकारको निर्णय

काठमाण्डौँ, २२ फागुन । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विकास देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले देवकोटालाई स्वास्थ्य सचिव बनाउने निर्णय गरेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिनु भएको छ  ।

देवकोटा हाल स्वास्थ्य सेवा विभागका महानिर्देशकको जिम्मेवारीमा हुनुहुन्छ । २०५३ सालदेखि स्वास्थ्य सेवामा प्रवेश गरेको डा.देवकोटाले मेडिकल अधिकृतदेखि जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, अञ्चल अस्पताल, मन्त्रालयको महत्त्वपूर्ण महाशाखा प्रमुख, लुम्बिनी प्रदेश सचिवको जिम्मेवारी सम्हाल्नु भएको छ । 

प्रकाशित मिति : २०८१ फाल्गुन २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस