२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

सल्यान जिल्ला स्तरीय १५ औ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताकाे उपाधि शारदा नगरपालिकाले

फागुन २० सल्यान
सल्यान जिल्ला स्तरीय १५ औ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी शारदा नगरपालिकाले हात पारेको छ ।
उक्त खेलकुद प्रतियोगितामा शारदा नगरपालिकाले १५ स्वर्ण ७ रजत र ५ कास्य हात पार्दै प्रथम स्थान हासिल गर्न सफल भएको हो।
यस्तै ११ स्वर्ण ४ रजत र १२ कास्य हात पार्दै छत्रेश्वरी गाउँपालिका दोस्रो स्थान हासिल गर्न सफल भएको छ। भने १० स्वर्ण ३ रजत र ३ कास्य हात पार्दै कुमाख गाउँपालिका तेस्रो स्थान हासिल गर्न भएको छ। यस्तै ६ स्वर्ण १२ रजत र ६ कास्य सहित कपुरकोट गाउँपालिका चौथो स्थान हासिल गर्न सफल भएको छ ।
यसैगरी बागचौर नगरपालिका ३ स्वर्ण ५ रजत र ७ काश्य त्रीवेणी गाउँपालिकाको २ स्वर्ण ३ कास्य र ६ रजत दार्मा गाउँपालिका …………………………….) सिद्ध कुमाख गाउँपालिका १ स्वर्ण १ रजत र ११ काश्य बनगाड कुपिण्डे नगरपालिका १ स्वर्ण १ रजत र ४ काश्य र कालिमाटी गाउँपालिका ० स्वर्ण १० रजत र १० काश्य रहेका छन।

यस्तै विभिन्न विधाका खेलमा उत्कृष्ट खेलाडी छनोट भएका छन ।भलिबलमा छात्रा तर्फ लक्ष्मी बिक र रोहित शाही रहेका छन यी दुबै खेलाडी कुमाख गाउँपालिकाका हुन।यस्तै कबड्डी तर्फ छात्र सुरेश सिह बनगाड नगरपालिका र छात्रा तर्फ बिन्दु घर्ती छत्रेश्वरी गाउँपालिकाका रहेका छन ।यस्तै एथलेटिक्स तर्फ छात्र राजेश के.सि शारदा नगरपालिका र छात्रा तर्फ सिर्जना बि.क कुमाख गाउँपालिकाका रहेका छन भने तेक्वान्दो तर्फ छात्र प्रमोद बुढाथोकी र छात्रा डिला बि.क रहेका छन यी दुबै खेलाडी शारदा नगरपालिकाका रहेका छन।
जिल्ला खेलकुद विकास समिति सल्यानको आयोजना र नारायण माध्यमिक विद्यालयको सह आयोजना तथा कुमाख गाउँपालिकाको आर्थिक सहयोगमा कुमाख गाउँपालिकाको वडा – २ र नारायण माध्यमिक विद्यालयको प्राङ्गणमा १५ औ जिल्ला स्तरीय रास्ट्रपति शिल्ड खेलकुद प्रतियोगिता गत १५ गतेदेखी सुरु भएको थियो।गत १५ गतेदेखी १७ गते सम्म खेल सन्चालन गर्ने निर्णय भएपनी मौसमको प्रतिकुलता र प्राविधिक कारण कार्यक्रम लम्बिएको थियो ।

प्रकाशित मिति : २०८१ फाल्गुन २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस