२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

सुनको भाउ आज १ हजार ४ सय रुपैयाँले बढ्यो

काठमाण्डौँ, २० फागुन ।  तीन दिनदेखि स्थिर रहेको सुनको भाउ आज एकैदिन एक हजार चार सय रुपैयाँले बढेको छ ।सुनको भाउ आज एक हजार चार सय रुपैयाँले बढेर तोलाको एक लाख ६९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार सुनको भाउ तोलाको एक लाख ६८ हजार एक सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज तीन दिनदेखि स्थिर रहेको चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ २५ रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । सोमबार चाँदीको भाउ तोलाको एक हजार नौ सय १५ रुपैयाँ थियो ।

प्रकाशित मिति : २०८१ फाल्गुन २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस