रुसमाथि साइबर आक्रमण रोक्न अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह

काठमान्डौं, १९ फागुन । अमेरिकामा डोनाल्ड ट्रम्प ह्वाइट हाउस फर्किएपछि रुसका लागि राम्रा दिन सुरु भएका छन् ।अमेरिकी रक्षामन्त्री पिटहेग सेथले पेन्टागनको साइबर कमान्डलाई रुस विरुद्धको साइबर कारबाही रोक्न आदेश दिनु भएको हो । दुई पूर्व र एक वर्तमान अधिकारीले यस गोप्य आदेशबारे जानकारी दिएको भन्दै न्यूयोर्क टाइम्सले समाचार छापेको छ ।
युक्रेनमा शान्ति वार्ता होस् भनेर अमेरिकाले यो कदम चालेको बताइएको छ । यसलाई अहिलेसम्म सार्वजनिक रूपमा व्याख्या भने गरिएको छैन । तथापि, यो आदेश ओभल अफिसमा राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्की बिचको चर्काचर्की अघि जारी गरिएको भनिएको छ ।
प्रकाशित मिति : २०८१ फाल्गुन १९ गते सोमवार