२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

बझाङमा हिम पहिराेमा परी ४२ वटा भेडा मरे

काठमाण्डौँ, १९ फागुन । बझाङको साईपाल गाउँपालिकामा हिमपहिरोमा परी ४२ वटा भेडा मरेका छन् । हिमपहिराेमा परी तीन वटा घाइते भएका छन् । अस्ति शनिवार दिउँसो १ बजे साईपाल–४ को गुडपाल सामुदायिक वनको ओडारमा गोठ बनाएर भेडा चराइरहेको समयमा बरम डाँडामा हिमपहिरो गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

भेडीगोठमा रहेका एक सय २५ भेडामध्ये १९ वटा पुरिएको अवस्थामा मरेका भेटिएका छन् । यस्तै घाइते तीन वटाको उद्धार गरेको र २३ वटा पुरिएर हराएका साईपाल गाउँपालिका–४ का जयपाल रोकायाले जानकारी दिनुभयो । बाँकी रहेका भेडाहरूलाई सुरक्षित ठाउँमा सारेकाे प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस