२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

बोलिभियामा दुई वटा बस ठोक्किंदा कम्तीमा ३७ जनाको ज्यान गयो, अन्य ४१ जना घाइते 

काठमान्डौं, १९ फागुन ।   बोलिभियामा दुई वटा यात्रुबाहक बस ठोक्किंदा आठ जना बालकसहित कम्तीमा ३७ जनाको ज्यान  गएको छ । उयुनी सहर नजिकै भएको दुर्घटनामा अन्य ४१ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि अस्पताल पु¥याएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था ए.एफ.पी.ले जनाएको हो ।

बोलिभियाको सरकारी समाचार एजेन्सी एबी.आई.ले एउटा बसका चालकले रक्सी खाएर तिब्र गतीमा गाडी चलाउँदा फरक लेनमा पुगेर अर्को गाडीसँग ठोक्किएको उल्लेख गरेको छ । गम्भिर अवस्थामा रहेका चालकको स्वास्थ्य परीक्षण गर्दा रक्सी खाएको पुष्टि भएको हो । 

यसैबिच,  बोलिभियाका घुमाउरो पहाडी सडकहरू अत्यन्तै घातक मानिन्छन् । सरकारी तथ्याङ्कअनुसार झन्डै एक करोड २० लाख जनसङ्ख्या भएको देशमा गाडी दुर्घटनाबाट हरेक वर्ष औसत एक हजार चार सय जनाको ज्यान जाने गरेको छ । दुई हप्ता अघि पनि बोलिभियामा यात्रुबाहक बस आठ सय मिटर गहिरो खोलामा खस्दा कम्तीमा ३० जनाको ज्यान गएको थियो ।   

प्रकाशित मिति : २०८१ फाल्गुन १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस