टोखाबाट गोली प्रहार गरेर लाल मोहम्मद हत्या प्रकरणका गुड्डु भनिने सुटर पक्राउ

काठमान्डौं, १९ फागुन । काठमाडौँको टोखामा गोली प्रहार गरेर प्रहरीले पक्राउ गरेको गुड्डु पटेल भारतीय नागरिक भएको खुलेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गर्न ४ राउण्ड गोली चलाएको हो । आरोपीलाई खुट्टामा गोली लागेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एस.एस.पी. रमेश बस्नेतले जानकारी दिनुभएको हो ।
गुड्डु भारतीय नागरिक हुन् । २०७९ असोज ३ मा काठमाडौँको गोठाटारमा लाल मोहम्मदको हत्या भएको थियो । उनको हत्यामा गुड्डु सुटरको भूमिकामा रहेको अनुसन्धानमा संलग्न रहेका अधिकृतहरूले बताएका छन् ।
उनलाई पक्राउ गर्न प्रहरीले सुरुमा दुई राउण्ड हवाई फायर र भाग्न थालेपछि थप दुई राउण्ड गोली प्रहार गरेको बताइएको छ । यसैबिच, २०८१ साल वैशाख १७ मा पर्साको वीरगन्जबाट मोहम्मदको हत्या गर्ने योजनाकार मध्येका बब्लु पासवानलाई प्रहरीले पक्राउ गरेको थियो ।