२०८१ चैत्र ४ गते सोमवार | 2025 March 17th Monday

मिलन तमुको गीत ‘रोधीघरको आँगन ४’ सार्वजनिक भिडियोसहित

काठमान्डौं, १६ फागुन । चर्चित फोटो पत्रकार एवं गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुको शब्द रचना रहेको गीत ‘रोधीघरको आँगन भाग ४’को म्युजिक भिडियो सार्वजनिक भएको छ । आरके गुरुङको युट्युब च्यानलबाट शुक्रबार नेपाली समय बेलुका पाँच बजे तथा यूके समय बिहान ११.१५ बजे रिलिज भएको हो । 

गोर्खा मिडिया यूकेको प्रस्तुति तथा मिलन तमुको शब्द रहेको गीतमा  गायक रामकुमार गुरुङ (आरके)को लय संकलन रहेको छ । मौलिक कौरा/चुड्का गीतमा आरके गुरुङ र अनु चौधरीको स्वर रहेको छ । कमल बहादुर गुरुङले निर्देशन गरेको भिडियोमा गणेशमान घले, जुना गुरुङ, सुरज गुरुङ र चाहना राना मगरले सुन्दर अभिनय गरेका छन् । 

गीतकार तमु र गायक गुरुङद्वयले आफ्नो मौलिक लोक संस्कार संस्कृतिलाई भावीपुस्तासम्म चिनाइराख्ने अभिप्रायले रोधीघरको आँगन बोलको गीतलाई १ दशकदेखि निरन्तरता दिँदै आएका छन् । भिडियो कास्कीको पर्यटकीय गाउँ ल्वाङमा भव्य रूपमा छायांकन गरिएको तमुले बताए । सबैले हेरेर लाइक, कमेन्ट र शेयर गरिदिन पनि उनले अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस