२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

‘पिलेन उडाउने’ गीतको बोलको म्यूजिक भिडियो सार्वजनिक 

काठमान्डौं, १६ फागुन ।  गायक सुरज गुप्ता र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको ‘पिलेन उडाउने’ गीतको बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । डि.एन. गुप्ताले निर्माण गर्नुभएको गीतमा नरहरी प्रेमीको शब्द र संगीत रहेको छ ।

श्रुति संगीत विद्यालयका अध्यक्ष तथा प्रशिक्षक नरहरि प्रेमीले आफ्नै प्रशिक्षार्थी सुरज गुप्ताका लागि शब्द तथा संगीत दिनुभएको हो । उक्त म्यूजिक भिडियोलाई बरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटा तथा गीतकार, कवि एस्पी कोईरालाले विमोचन गर्नुभएको हो । चर्चित अभिनेता नाजीर हुसेन तथा अभिनेत्री स्मारिका ढकालद्धारा अभिनित उक्त म्यूजिक भिडियोमा निर्देशन तथा सम्पादन राजकुमारले गर्नुभएको छ । 

विश्व ज्योति कम्प्लेक्स, जमलमा एक समारोहका बिच गरिएको लोकार्पण समारोहमा नेपाली सांगीतिक क्षेत्रका गीतकार, संगीतकार, गायक, गायिका तथा सन्चारकर्मीको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको उद्घोषण वरिष्ठ उद्घोषक हेम सुबेदीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ फाल्गुन १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस