२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

ज्योतिषी पण्डित डा. रुद्रनाथ अधिकारीको म्युजिक भिडियो  सार्वजनिक 

काठमान्डौं, १६ फागुन । श्री पराशक्ति ज्योतिष सेवा तथा कर्मकाण्ड संस्थानको आयोजना एवम् गीतकार संघ नेपालको सहकार्यमा आयोजित सुप्रसिद्द ज्योतिष पण्डित डा. रुद्रनाथ अधिकारीद्वारा रचित ३ वटा गीतहरु मध्यै दुई वटाको म्युजिक भिडियो तथा एउटाको अडियो सार्जवनिक गरिएको छ ।  

आज किम्ची बैंक्वेट अनामनगरमा एक समारोहका बिच  उक्त कृतिहरुको वरिष्ठ गीतकार राजेन्द्र थापाले लोकार्पण गर्नुभएको हो ।  ‘अब अति भइक्यो जागौे’ बोलको राष्ट्रिय गीतमा राजेश पायल राई तथा रोजिना बस्नेतको स्वर रहेको छ भने, संगीत नविन कार्कीको रहेको छ । नायिका सिल्पा पोख्रेल तथा नायक प्रभात पल ठकुरीद्वारा अभिनित उक्त म्युजिक भिडियोको निर्देशन कृष्णदेब रुपाखेतीले गर्नुभएको छ ।

त्यस्तै ‘आमा’  बोलको गीतमा केतन क्षेत्रीको स्वर तथा रिमेश कुमार थापाको संगीत रहेको छ भने, यो गीतको म्युजिक भिडियोमा नायिका नम्रता सापकोटा, सुरज कोहली तथा प्रविन पौडेलको अभिनय रहेको छ ।

यसैबीच कार्यक्रममा ‘आउन माया आउ’ बोलको गीतको अडियो पनि लोकार्पण गरियो, जसमा सुगम पोख्रेल र सदिक्षा कट्टेलको स्वर तथा लक्ष्मण पोख्रेलको संगीत रहेको थियो  । श्री महर्षि विश्वविद्यालय भोपाल, भारतबाट ज्योतिष विषयमा विद्यावारिधी  गर्नुभएका गीतकार ज्यो डा. रुद्रनाथ अधिकारीले उक्त कार्यक्रममा देशको नेतृत्त असफल भइसकेकाले अब चाँडै हिन्दु राज्य बन्ने र कुशल नेतृत्व आउने भविष्यवाणी समेत गर्नुभयो ।

गीतकार बसन्त बित्यासी थापाको अध्यक्षातामा सम्पन्न उक्त कार्यक्रममा गीतकार एस्पी कोइराला, गीतकार रमेश कोईराला, गीतकार चुडामणि देबकोटा लगायत बिभिन्न संगीतकर्मीहरुले आआफ्नो धारणा राख्नुभएको थियो । बरिष्ठ रेडियो उद्घोषक तथा रेडियो आहाका निर्देशक हेम सुवेदीद्धारा सन्चालित उक्त कार्यक्रम ज्यो. प. डा अधिकारीको जन्मदिनको अवसर पारेर मनाइएको थियो । उक्त भिडियोलाई ज्यो.पं.डा. अधिकारीको युट्युब च्यानलमा समेत हेर्ने सकिन्छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस