२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यान्चेस्टर सिटी विजयी  

काठमान्डौं, १५ फागुन । इंग्लिस प्रिमियर लिग फुटबल खेलमा लिग लिडर लिभरपुल र म्यान्चेस्टर सिटीले जित निकाल्दा आर्सनलले बराबरी खेलेको छ । 

लिभरपुलले घरेलु मैदानमा न्युकासल युनाइटेडलाई २–० ले हराएको हो । लिभरपुलको जितमा ११ औं मिनेटमा डोमिनिक सोबोस्लाई तथा ६३ औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरले गोल गरेका थिए । त्यस्तै म्यान्चेस्टर सिटीले टोटनहामलाई उसैको मैदानमा १–० गोल अन्तरले हराएको हो । यस्तै, दोस्रो स्थानको आर्सनल भने तेस्रो स्थानको नोटिङहाम फरेस्ट सँग गोलरहित बराबरीमा रोकिएको छ । 

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलको २८ खेलमा ६७ अंक भएको छ । दोस्रो स्थानको आर्सनलको २७ खेलमा ५४ अंक रहेको छ । त्यस्तै नोटिङहाम ४८ अंकसहित तेस्रो स्थानमा रहेको छ । चौथो स्थानको सिटीको ४७ अंक भएको छ । त्यसैगरी, टोटनहाम ३३ अंकसहित १३ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस