२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

युद्धविरामको अर्को चरणका लागि वार्ता थाल्न हमासद्धारा इजरायलसँग आग्रह

काठमान्डौं, १५ फागुन ।  हमासले इजरायलसँग गाजा युद्धविरामको अर्को चरणका लागि वार्तामा प्रवेश गर्न आह्वान गरेको छ । जनवरी १९ मा लागू भएको र गाजामा युद्ध धेरै हदसम्म रोक्न सफल पहिलो चरणको सहमति अन्तर्गत गरिएको इजरायली मृत बन्धक र प्यालेस्टिनी बन्दीको अदल बदल पछि हमासले युद्धविरामको दोस्रो चरणमा प्रवेश गर्न माग गरेको हो ।  

सम्झौताको पहिलो चरण अन्तर्गत हमासले २५ जना जीवित बन्धकलाई मुक्त गरेको छ । अन्य आठ जनाको शव इजरायललाई फिर्ता गरेको छ । यसैबिच, युद्ध सुरु भएपछि पक्राउ परेका गाजाका सबै महिला र नाबालिक गरी ४६ जना कैदीलाई रिहा गर्न बाँकी रहेको बताइएको छ । आज बिहान सयौँ कैदीहरूलाई रिहा गरिएको सञ्चारकर्मीले जनाएका छन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस