सामाजिक अधिकार एक सेन्टिमिटर पनि तलमाथि नहुने : प्रधानमन्त्री

काठमाण्डौँ, १५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले परिपूर्ण डेमोक्रेसी चाहेको बताउनु भएको छ । बिहीबार काठमाडौँमा भएको डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तन भए पनि त्यसले मात्र मानिस सुखी र खुसी हुन नसक्ने भएकाले परिपूर्ण डेमोक्रेसीले मात्र मानव खुसी र सुखी बन्न सक्ने बताउनु भएको हो ।
उहाँले मानिसलाई खुसी हुन नदिने तत्त्व अपराध एक रहेको भन्दै प्रधानमन्त्री ओलीले मानव जाति अझै पनि अभाव र भोकमरीमा तड्पिरहनु परेको बताउनु भएको छ । साइन्स एन्ड टेक्नोलोजीले मानव जातीलाई सुख सुविधा दिने भए पनि यसको दुरुपयोगबाट अपराध समेत हुनसक्ने भएकाले त्यसतर्फ सचेत हुन जरुरी रहेको प्रधानमन्त्रीको भनाइ छ । उहाँले बेथितिबाट राम्रा काम प्राप्त गर्न नसकिने भएकाले थिति बसालेर राम्रा काम गर्न सक्नुपर्नेमा जोड दिनु भएको छ ।