तोलामा सुनको मूल्य १ लाख ७० हजार ३०० रुपैयाँ कायम

काठमाण्डौँ, १५ फागुन । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिनको तुलनामा २ सय रुपैयाँ घटेर सो मूल्य कायम भएको जनाएको छ ।महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ५०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य भने सामान्य बढेको छ । बिहीबार तोलामा १ हजार ९ सय ४० रुपैयाँ कायम भएको चाँदी बिहीबार ५ रुपैयाँ बढेर १ हजार ९ सय ४५ रुपैयाँ कायम भएको हो।
प्रकाशित मिति : २०८१ फाल्गुन १५ गते बिहिवार