२०८१ चैत्र ४ गते सोमवार | 2025 March 17th Monday

४५ दिनदेखि जारी महाकुम्भ मेला समापन

काठमाडौँ, १५ फागुन । महाशिवरात्रीको अमृत स्नानसँगै भारतको प्रयागराजमा ४५ दिनदेखि जारी महाकुम्भ मेला समापन भएको छ । विश्वकै सबैभन्दा विशाल र धार्मिक आस्थाले भरिएको यो अदभुत महाकुम्भ मेलामा ४५ दिनको अवधिमा ६४ करोडभन्दा बढी मानिसले गंगा, यमुना र अदृश्य पौराणिक नदी सरस्वतीको संगममा पवित्र स्नान गरेका छन्।

यति ठूलो संख्यामा श्रद्धालु भेला भएको यो विश्वकै सबैभन्दा ठुलो धार्मिक मेला हो। मेला भर्न आएका साधुसन्त, नागा साधु, विदेशी नागरिक र सेलिब्रिटीहरु भारतीय र विदेशी समाचारमाध्यमको आकर्षण बनेका थिए । महाकुम्भ स्नानका लागि भारत मात्र नभई नेपाल लगायत विश्वका थुप्रै देशबाट असंख्य श्रद्धालु प्रयागराज पुगेका थिए। 

प्रकाशित मिति : २०८१ फाल्गुन १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस