२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

सुनको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौँ, १४ फागुन ।  नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको हो । 

महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७१ हजार ३०० रुपैयाँ थियो । बुधबार भने घटेर तोलामा १ लाख ७० हजार ५०० रुपैयाँ कायम भएको हो । 

यस्तै चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार ९ सय ७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर तोलामा १ हजार ९ सय ४० रुपैयाँ कायम भएको हो । 

प्रकाशित मिति : २०८१ फाल्गुन १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस