२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

कांग्रेसको स्थानीय तह समन्वय विभागको सदस्यको जिम्मेवारी सापकोटालाई

काठमाण्डौँ, १४ फागुन । नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागको सदस्यमा बाबुकृष्ण सापकोटा मनोनीत हुनु भएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले सोमबार एक विज्ञप्ती जारी गर्दै सापकोटालाई मनोनयन गरेको जानकारी गराउनु भएको हो  । 

धादिङलाइ्र्र राजनीतिको कर्मक्षेत्र बनाएर राजनीति गर्दै आएका उहाँ पार्टीको जिल्ला कार्यसमितिको निवर्तमान कोषाध्यक्ष पनि हुनुहुन्छ । राजनीतिसँगै समाजसेवामा पनि सक्रिय सापकोटाले आफू मनोनीत भएपछि पार्टीले दिएको जिम्मेवारी इमानदारिताका साथ वहन गर्ने बताउनुभएको छ । 

पार्टीले विधान २०१७ (संशोधनसहित) को धारा २५ ९९० अनुसार सापकोटालाई मनोनीत गरेको जनाएको छ । विभागको संयोजक पार्टीका केन्द्रीय सदस्य मधु आचार्य रहनु भएको छ । सापकोटाबाहेक अन्य ९ जना पनि विभागमा मनोनीत हुनु भएको छ । 

प्रकाशित मिति : २०८१ फाल्गुन १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस