२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

जस्केलाबाट ल्याएको अध्यायदेश सरकारकै लागि गलपासो !

काठमाडौँ, १४ फागुन ।  दुई तिहाई सरकारले जस्केलाबाट  ल्याएको अध्यायदेश अहिले संसद सम्म पनि पुग्न सकेको छैन । दुई तिहाईको दम्ब देखाएका प्रधानमन्त्री केपी शर्मा ओलीको पद नै धरापमा परेको छ । सरकारले माघको अन्तिममै पारित गर्नेगरि विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । ति अध्यायदेश अलपत्र जस्तै बनेका छन् । अझ भन्ने हो भने संसद सम्म पनि अध्यायदेश पुग्न पाएका छैनन ।  

संसद्बाट पारित गर्नकै लागि पटक पटक कार्यसूचिमा राख्दै झिएिको थियो । कांग्रेस र एमालेको प्रतिनिधिसभामा झण्डै दुई तिहाई बहुमत छ । यहाँबाट अध्यादेश पारित गर्न कुनै समस्या छैन् । तर, राष्ट्रिय सभामा भने कांग्रेस र एमालेसँग बहुमत पुग्दैन् । बहुमत नभएकै कारण अध्यादेश रोकिएको सन्देश गएपछि अहिलेको सरकार नैतिक संकटमा परेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि असहज महशुस गरेको बताईन्छ । जसपा नेपाल र लोसपा अध्यायदेशको विपक्षमा उत्रिए पछि सरकार हच्किएको छ । राष्ट्रिय सभामा जसपा नेपालको तीन जना सांसद छन् । उता, सरकारमै रहेको महन्थ ठाकुरको दल लोसपा पनि अध्यादेशको विपक्षमा उभिएको छ । ठाकुरले त सरकारमा सहभागी आफ्नो दलका नेता शरदसिंह भण्डारीलाई जुनसुकै बेला सरकारबाट बाहिरिनुपर्ने हुनसक्छ भनेर निर्देशन दिइसकेका छन् । यस्तो अबस्थामा ओली अब नैतिक संकटमा पर्नुभएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस