सल्यानमा ट्रक दुर्घटना हुदा चालकको मृत्यु


सल्यानमा मिनि ट्रक दुर्घटना हुदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पाको गंगादेव गाउँपालिका–३ झारमङ्ग्राका ३४ वर्षीय हरि चन्द रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । प्रहरीका अनुसार रोल्पाको झ्यामबाट दमाचौर आउदै गरेको रा १ क ५३० नम्बरको खालि मिनि ट्रक गएराती सल्यानको छत्रेश्वरी गाउपालिका–१ फारुलेबोटस्थित सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो ।
मृतकको शव पोष्र्टमार्टमका लागी अस्पताल पठाइएको छ । दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ फाल्गुन १३ गते मङ्गलवार