२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

महाशिवरात्रीका लागि साधुसन्त काठमाण्डौँ प्रवेश गर्न थाले

काठमाण्डौँ, १२ फागुन । महाशिवरात्रि नजिकिएसँगै छिमेकी मुलुक भारतसँगै नेपालका विभिन्न ठाउँबाट साधुसन्त काठमाण्डौँं आउन थालेका छन् । नागा बाबाहरू जन्तीसहित काठमाडौँ आएर अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ बाट प्रवेश गरेका छन् । 

जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन् । महाशिवरात्रिको अवसरमा काठमाडौँस्थित विश्व सम्पति सूचीमा समावेश भएको पशुपति मन्दिरमा चार थरीका सम्रपदायका सन्त आउने गरेका छन् । 

प्रकाशित मिति : २०८१ फाल्गुन १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस