२०८१ चैत्र ४ गते सोमवार | 2025 March 17th Monday

देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको पनि प्रभाव

काठमाडौँ, १२ फागुन । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको पनि प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।

कोशी प्रदेश र बाग्मती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । देशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस