हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढ्यो, ११ अर्ब ५४ करोड रुपैयाँको कारोबार

काठमाडौँ, ११ फागुन । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ६६ अङ्कले बढेर २ हजार ७ सय ५५ दशमलव ४० विन्दुमा पुगेको छ । आज बैंक, लगानी, बीमा, उत्पादन, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर घटेको छ ।
आज अन्य समूहको शेयर ३ दशमलव ७२, उत्पादन समूहको शेयर २ दशमलव ७८ प्रतिशतले उकालो लागेको छ । आज गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन रिलायन्स फाइनान्स कम्पनीको शेयर ७ प्रतिशतभन्दा धेरैले घटेको छ । आज ३ सय २८ वटा कम्पनीका २ करोड १२ लाख कित्ता शेयर ११ अर्ब ५४ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
प्रकाशित मिति : २०८१ फाल्गुन ११ गते आइतवार