अमेरिकाको नागरिकता त्यागेको प्रमाण पेश गर्न रविलाई गोकुलको चुनौती

काठमाडौँ, ११ फागुन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अमेरिकाको नागरिकता त्यागेको प्रमाण पेश गर्न चुनौति दिनुभएको छ । आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उहाँले रास्वपा सभापति लामिछानेले उक्त प्रमाण अहिलेसम्म पेश गर्न नसकेको बताउनु भयो ।
रास्वपाले सहकारी ठगी प्रकरणमा प्रतिशोध साधेको भनी भ्रम छरेको बताउँदै उनले नागरिकता प्रकरणमा छुट दिएको कुरा नबिर्सन आग्रह गर्नु भयो । उहाँले प्रमुख प्रतिपक्ष नेकपा (माअोवादी) पनि रास्वपाको बचाउमा उत्रिएको भन्दै– ठगीको पक्षमा उभिएको हो ? भन्दै प्रश्न गर्नु भयो । साथै, उनले अहिले राजा फर्काउने र आन्दोलन चर्काउने नाममा विभिन्न गतिविधि भइरहेको बताउनु भयो । उहाँले अब गणतन्त्र मास्ने, राजतन्त्र फर्काउने खिचडी नपाक्ने बताउनु भयो ।