प्रधानमन्त्री ओलीको भारत भ्रमण अनिश्चित,अप्रिलमा भेटवार्ता हुने मन्त्री राणाको विश्वास

काठमाडौँ, ११ फागुन । भारतले चासो नदिदा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अनिश्चित बनेको छ । प्रधानमन्त्री बने पछि पहिले भारतको भ्रमण गर्नु पर्ने प्रचलन रहे पनि यस पटक भारतले ओलीलाई निम्ता नदिदा भ्रमण रोकिएको हो । छिमेकी देश चिनमा पहिलो औपचारीक भ्रमण गरेपछि भारत नेपाल संग रुष्ट बनेको छ ।
प्रधानमन्त्री बनेको ७ महिना पुग्दा पनि ओली भारत जान सक्नु भएको छैन । यता परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणको निम्तोको पखाईमा रहेको खुलासा गर्नु भएको छ । मन्त्री राणाले भारतीय पत्रिका सँगको कुराकानीमा यस्तो बताउनु भएको हो । यद्धपी मन्त्री राणाले नेपालका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आगामी अप्रिलमा हुने विमस्टेक सम्मेलनको क्रममा साईडलाइन भेटवार्ता हुने आशा व्यक्त गर्नु भएको छ ।
प्रकाशित मिति : २०८१ फाल्गुन ११ गते आइतवार