लोकतन्त्रको विकल्प नभएको गृहमन्त्री लेखकको भनाई

काठमाण्डौँ, १० फागुन । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प नभएको बताउनु भएको छ । काठमाडौँमा शनिबार आयोजित सुदूरपश्चिम कानुन समाजको प्रथम अधिवेशनमा उहाँले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने बताउनु भएको छ ।
लोकतन्त्रको रक्षा, संविधानको सुरक्षा र समावेशिताको सुदृढीकरण आजको आवश्यकता भएको गृहमन्त्री लेखकले बताउनु भएको छ । दश वर्षमा संविधानको अभ्यास गर्दा देखिएका सबल र दर्बल पक्षको विश्लेषण गरी संविधान संशोधनको तयारी भइरहेको उहाँले बताउनु भएको छ ।
संविधान संशोधन गर्दा संसदीय सर्वोच्चताको कुरा गर्नुपर्ने गृहमन्त्री लेखकले आवश्यकता औँल्याउनु भएको छ । कानुन र नीतिगत सुधार सरकारका प्राथमिकता हुन् भन्दै उहाँले राज्यका सबै अङ्गमा सुदूरपश्चिमको उचित प्रतिनिधित्व गराउन आफू लागिपरेको बताउनु भएको छ ।
प्रकाशित मिति : २०८१ फाल्गुन १० गते शनिवार