२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

दमकमा भ्यूटावर बनाउँदा वरपरका सुकुम्बासी विर्सेको भन्दै प्रधानमन्त्रीलाई वर्षमानको प्रश्न 

काठमाण्डौँ, १० फागुन । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले ‘भ्यूटावर वाला विकासको मोडल’ मा परिवर्तन जरुरी रहेको बताउनु भएको छ । झापामा शनिबार बिहान आयोजित एक कार्यक्रममा पुनले प्रधानमन्त्री केपी ओलीको ‘भ्यूटावर’ विकास मोडल अनुत्पादक भएको बताउनु भएको छ ।

शिक्षा, स्वास्थ्य, रोजगारी र घरबारबिहीनलाई सुरक्षित आवासको ग्यारेण्टी गर्नुपर्नेमा संघीय सरकारदेखि वडातहसम्म विकास भनेकै भ्यूटावर हो भन्ने स्थापित गर्न खोजिएको उहाँको भनाइ थियो । ओलीको निर्वाचन क्षेत्र झापा–५ मा मात्र ४ देखि ५ हजार हाराहारी सुकुम्बासी रहेको तथ्याङ्क प्रस्तुत गर्दै पुनले भ्यूटावरभन्दा पहिला ओलीले उनीहरुलाई सुरक्षित बास, खाना र रोजगारीको व्यवस्था गर्नुपर्छ भन्ने सोच्न नसकेको टिप्पणी गर्नु भएको हो ।  

प्रकाशित मिति : २०८१ फाल्गुन १० गते शनिवार
प्रतिक्रिया दिनुहोस