च्याम्पियन्स लिगको अन्तिम १६ को ‘ड्र’ सार्वजनिक

काठमान्डौं, १० फागुन । च्याम्पियन्स लिगको अन्तिम १६ को ‘ड्र’ सार्वजनिक भएको छ । सार्वजनिक भएको ‘ड्र’ अनुसार ला लिगाका दुई टिम रियल मड्रिड र एथ्लेटि अन्तिम १६ मा भिड्ने भएका छन् । यी दुई टीम ला लिगाको क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
त्यसैगरी फ्रेन्च लिग वान लिडर पेरिस सेन्ट जर्मेनले इंग्लिस प्रिमियर लिग लिडर लिभरपुलको सामान गर्ने भएको छ । यी दुई हेभीवेट टिमको भिडन्त पनि निकै प्रतिस्पर्धात्मक हुने देखिन्छ । ला लिगाको पहिलो स्थानमा रहेको बार्सिलानोले बेनफिका प्रतिस्पर्धी पाएको छ । अन्तिम १६ को पहिलो लिगका खेलहरु आगामी मार्च ४ र ५ मा हुने छन्भने, दोस्रो लिगका खेलहरु मार्च ११ र १२ मा हुने भएका छन् ।
प्रकाशित मिति : २०८१ फाल्गुन १० गते शनिवार