२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

२०८४ को चुनावमा गठबन्धन गर्न नेपाली कांग्रेस र ने.क.पा.एमालेलाई पूर्वप्रधानमन्त्री दहालको चुनौती

काठमान्डौं, १० फागुन ।  पूर्वप्रधानमन्त्री तथा ने.क.पा. माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले २०८४ को चुनावमा गठबन्धन गर्न नेपाली कांग्रेस र ने.क.पा. एमालेलाई चुनौती दिनुभएको छ । पोखरामा तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वर्तमान सत्ता गठबन्धनमा रहेका प्रमुख दुई दललाई २०८४ को चुनावमा समेत गठबन्धन गर्न चुनौती दिनुभएको हो । उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र राजनीतिक स्थायित्व र भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नसक्ने बताउनुभयो । 

पूर्वप्रधानमन्त्री दहालले तनहुँको शुक्लागण्डकी नगरपालिका २ हलेदीको शहीद पार्कमा भएको भेटघाट कार्यक्रममा शहीद, बेपत्ता र घाइतेका परिवारको उचित मूल्याङ्कन गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले शहीदकै योगदानका कारण देशमा परिवर्तनको अवस्था सिर्जना भएको भन्दै योगदानलाई भुल्न नहुनेमा जोड दिनुभयो ।

प्रकाशित मिति : २०८१ फाल्गुन १० गते शनिवार
प्रतिक्रिया दिनुहोस