प्रधानमन्त्रीलाई काठमाडौं महानगरपालिकाका प्रमुख शाहको आग्रह : नेपाली भएर बाँच्ने आधार दिनुहोस ।

काठमाण्डौँ, ९ फागुन । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले नेपाली भएर बाँच्ने आधार दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गर्नु भएको छ । सामाजिक सञ्जालमा लेखेर उहाँले विश्वजगतमा नेपाल र नेपालीको पहिचान धुमिल हुन लागेको भन्दै स्वाभिमानपूर्वक बाँच्न दिन आग्रह गर्नु भएको हो ।
‘प्यारो प्रधानमन्त्रीज्यू’ भनेर सम्बोधन गरेर उहाँले नेपाललाई अमेरिकाले भ्रष्ट, भारतले भिखारी भनेको र चीनले गन्नै छाडेको भन्दै चिन्ता व्यक्त गर्नु भएको छ। आफूलाई महानगरपालिकाको मेयर भनेर बिर्सिन र नेपाली भएर बाँच्ने आधार दिन प्रधानमन्त्रीलाई भन्नु भएको छ ।
प्रकाशित मिति : २०८१ फाल्गुन ९ गते शुक्रवार