आज सुन तोलामा १ हजारले घट्यो

काठमाण्डौँ, ९ फागुन । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ हजार रुपैयाँले घटेर प्रतितोला सुनको भाउ १ लाख ७० हजार कायम भएको छ । अघिल्लो दिन बिहीबार प्रतितोला सुन १ हजार ७१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । यसैगरी सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ । महासंघका अनुसार आज प्रतितोला चाँदीको मूल्य १ हजार ९ सय ९० रुपैयाँ कायम भएको छ । बिहीबार तोलामा १ हजार ९ सय ९५ रुपैयाँ तोकेको थियो ।
प्रकाशित मिति : २०८१ फाल्गुन ९ गते शुक्रवार