२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

अन्तिम हिउँदे प्रणाली सक्रिय, देशका केही ठाउँमा पानी पर्दै

काठमान्डौं, ८ फागुन ।  अहिले देशका केही ठाउँमा पानी परिरहेको जलवायु विपद् विज्ञहरुले बताएका छन् । पश्चिमी न्यून चापीय प्रणालीका कारण गण्डकी प्रदेशका धेरैजसो ठाउँसहित देशका अरू केही ठाउँमा पानी पनि परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको अनलाइन प्रणाली अनुसार स्याङ्जाको आँधिखोलामा रहेको मापन स्टेशनमा पछिल्लो ३ घण्टामा ९ दशमलव ६ मिलिमिटर पानी परेको छ । यस्तै म्याग्दी, गुल्मी, गोरखा, कास्की लगायतका जिल्लामा पनि पानी परिरहेको छ । यसैगरी सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, सङ्खुवासभा लगायत पूर्वी जिल्लाका केही ठाउँमा पनि पानी परिरहेको छ ।

पानी पार्ने प्रणाली गण्डकी प्रदेशमा सक्रिय भएको र पूर्वतर्फ सर्ने क्रममा उत्तर हुँदै अघि बढेकोले काठमाण्डौको उत्तरी क्षेत्रमा छिटपुट वर्षा भए पनि उपत्यकामा वर्षाको सम्भावना ज्यादै कम रहेको जलवायु विपद् विज्ञ डा. धर्मराज उप्रेतीले जानकारी दिनुभयो । आज उच्च पहाडी र हिमाली क्षेत्रमा भने हिउँ पर्ने सम्भावना रहेको छ । जलवायु विपद् विज्ञ उप्रेतीका अनुसार अहिले सक्रिय रहेको प्रणाली यसपालि हिउँदमा पानी पार्ने अन्तिम प्रणाली हो । 

प्रकाशित मिति : २०८१ फाल्गुन ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस