२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

पूर्वराजा ज्ञानेन्द्रको आह्वानपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमान्डौं, ८ फागुन । देशको प्रमुख राजावादी शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यसम्पादन समितिको बैठक फागुन १५ गते बस्ने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रजातन्त्र दिवसका अवसरमा दिएको शुभकामना सन्देशको बारेमा छलफल गर्न अध्यक्ष राजेन्द्र लिङदेनले वैठक बोलाउनु भएको हो । पूर्वराजाले आफ्नो शुभकामना सन्देशमा ‘देश जोगाउनका लागि आफूलाई साथ दिन’ जनतासँग आह्वान गर्नुभएको थियो ।

उहाँको यस्तो आह्वानपछि रा.प्र.पा. का नेताहरु जुर्मुराएका छन् । वरिष्ठ नेता तथा पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सामाजिक सञ्जालबाटै पार्टीको वैठक बोलाउनुपर्ने माग गर्नुभएको थियो । यसैबिच, रा.प्र.पा.का प्रवक्ता मोहन श्रेष्ठले पूर्व राजाको सन्देश तथा अन्य समसामयिक विषयमा छलफलका लागि बैठक बोलाइएको बताउनु भयो ।

महामन्त्री डा. धवलशम्शेर राणाले सामाजिक सञ्जालमा स्टास लेख्दै पूर्वराजाले गरेको आह्वानको स्वागत र समर्थनमा जिल्ला–जिल्लामा दीप प्रज्ववल गर्न आह्वान गर्नुभएको छ । हिजो पनि उहाँले आफ्नो तर्फबाट एक विज्ञप्ति निकाल्दै पूर्वराजाको अभिव्यक्तिको स्वागत गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ फाल्गुन ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस