२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

डिभाईन टेम्पल एकेडेमीकाे १६औं बार्षिकाेत्सव  सम्पन्न

दाङ तुलसीपुर ६ गलाैरा अबस्थित डिभाईन टेम्पल एकेडेमीले स्थापना काे १६ औं  बर्ष पुगेको अवसरमा एक भ्यब्य समाराेहका बिच बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हाे । डिभाईन टेम्पल स्कुलका प्रिन्सिपल भाेजराथ न्याैपानेकाे अध्यक्षतामा भएको थियाे ।कार्यक्रममा बाेल्दै भाेजराथ न्याेपानेले  बिद्यार्थी लाई बर्तमन समयमा प्रविधिसंग लड्ने सक्ने क्षमता अभिवृद्धि गराउने जस्ता महत्त्वपूर्ण बिचार राख्नुभएको थियाे ।  त्यस्तै प्रमुख आतिथ्यतामा लुम्बिनी प्रदेशका पूर्व मुख्य मन्त्री डिल्ली बहादुर चाैधरि रहनुभएकाे थियाे ।उहाले कार्यक्रममा बाेल्दै ,  शिक्षालाई १२ सकेपछि बैदेशिक पलायन बनाउने भन्दा पनि शिक्षालाई स्वदेशमै टिक्ने  सक्ने शिक्षा दिन अहिलेकाे समयमा अति आवश्यक देखिन्छ । भन्ने गहकिला बिचार राख्नुभएको थियाे  त्यसैगरि बिशिस्ट अतिथिकाे रूपमा उघाेग बाणिज्य संघ दाङका अध्यक्ष विनिल केसि रहनुभएकाे थियो । त्यस्तै अतिथिकाे रूपमा  तुलसीपुर ६ का वडा अध्यक्ष दुजमान भण्डारी ,गाेरखा माध्यमिक बिद्यालयका प्रिन्सिपल पूर्ण बिक्रम रहनुभएकाे थियाे । उक्त कार्यक्रममा अभिभावक , बिद्यार्थी र अन्य बुद्धिजीवीहरूकाे उल्लेख्य सहभागीता रहेको थियाे ।

कार्यक्रममा विभिन्न संस्कृति झल्किने नृत्य तथा सांगितिक प्रस्तुतीसमेत राखिएको थियो। बिद्यार्थीहरूले विभिन्न किसिमका बिज्ञान प्रदर्शनी पनि देखाउनु भएको थियाे । बिद्यालयले राष्ट्रिय दाेहाेरि गायिका राधिका हमाललाई अतिथिकाे रूपमा बाेलाएकाे थियाे । उहाले बिद्यार्थी तथा अभिभावकहरूलाइ आफ्नो गितबाट भरपूर मनाेरञ्जन पनि पनि  दिनुभएको थियाे ।

शिक्षिका माधवा शर्मा पाेख्ररेल काे स्वागत मन्त्वयबाट सुरूवात भएको कार्यक्रम , कार्यक्रम अध्यक्ष भाेजराथ न्याैपानेले समापन गर्नुभएको थियाे । कार्यक्रमकाे  सञ्चालन  सहायक प्रन्सिपल महेश लामिछाने गर्नुभएको थियाे ।





प्रकाशित मिति : २०८१ फाल्गुन ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस