उत्तरी गोरखाको नुब्री भ्यालीमा हिमपात

काठमाण्डौँ, ५ फागुन । उत्तरी गोरखामा पुनः भारी हिमपात भएको छ। गएरातिदेखि यस पटकको हिउँदमा अहिलेसम्मकै भारी हिमपात भइरहेको स्थानीयवासी निमा लामाले जानकारी दिनु भएको छ । नुब्री भ्याली भनेर चिनिने उत्तरी गोरखाको सबैभन्दा उत्तरतर्फ गाउँ साम्दोदेखि तलसम्म रहेको सामा गाउँ र स्यालासम्म हिउँ परेको लामाको भनाइ छ ।
साम्दोमा जमिनबाट करिब एक फिटभन्दा माथिसम्म हिउँ जमेको छ । तल स्याँलासम्म हिउँ परेको छ । भारी हिमपातका कारण नुब्री भ्याली, सामा गाउँ र स्याला क्षेत्रका स्थानीयवासीको जनजीवन प्रभावित भएको छ। टेलिफोन र इन्टरनेट सेवामासमेत समस्या भइरहेको लामाले बताउनु भएको छ ।
प्रकाशित मिति : २०८१ फाल्गुन ५ गते सोमवार