सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँ बढ्यो

काठमाण्डौँ, ५ फागुन । सोमबार सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ थियो । यसैबीच सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा १ हजार ९ सय ५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा १ हजार ९ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति : २०८१ फाल्गुन ५ गते सोमवार