अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबल प्रतियोगिता आजबाट सुरु हुदै

काठमाडौँ, ५ फागुन । अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबल प्रतियोगिता आजबाट सुरु हुदै छ । उद्घाटन खेलमा आज दउँसो २ बजे म्यानमार र लेबनान तथा बेलुकी ६ बजे नेपाल र किर्गिस्तान खेल्दैछन् । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने शुरू हुने चारदेशीय महिला फुटबल प्रतियोगितामा नेपाल, म्यानमार, लेबनान र किर्गिस्तान छन् ।
सिङ्गल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल फागुन १४ गते हुनेछ । प्रतियोगितामा सहभागी चारवटै टिमले उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरेका छन् । खेलअघि आइतबारआयोजित प्रि–म्याच कन्फ्रेरेन्समा सबै टिमका प्रशिक्षक र कप्तानले यस्तो दाबी गरेका हुन । ओलम्पिक छनोटअन्तर्गत घरेलु मैदानमै भियतनामसँग खेलेको नेपाली टोली गत वर्ष साउदी अरेबियामा भएको वाफ वुमन्स च्याम्पियनसिपको उपविजेता बनेको थियो । नेपालले पहिलो पटक घरेलु मैदानमै तीन राष्ट्रलाई आमन्त्रण गरेर खेल्न लागेको हो ।