२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौँ, ५ फागुन । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सुरक्षा परिषद्को छैटौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९÷८०) र सातौँ वार्षिक प्रतिवेदन २०८०÷८१’ पेस गर्नु हुने छ । सभामुख देवराज घिमिरेले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ छलफलका लागि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुहुने छ । 

गृहमन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी विधेयक, २०८१’ माथि सामान्य छलफलका लासग प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्री ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ ।प्रधानमन्त्री ओलीले नै भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१ पारित गर्न प्रस्ताव प्रस्तुत गर्नु हुने छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस