प्रीति आले र सूर्य राईको नयाँ ब्याटल गीत सार्वजनिक

काठमाण्डौँ, ४ फाल्गुण । गीत र सङ्गीत जिन्दगीका मनहरा पाटा हुन् । मिठो सङ्गीतमा सजाइएका सुन्दर शब्दले संसार सम्झाउने कुरा सर्वत्र चर्चाको विषय बन्ने गरेको छ । यिनै भावमा माया जोडिएर जिन्दगी रङ्गिने विश्वासमा रमाउने लेखक नारायण नेपालका शब्दमा हालै एउटा नयाँ गीत सार्वजनिक गरिएको छ ।
चर्चित गायिका प्रीति आले र बहुप्रतिभाशाली गायक सूर्य राईका स्वरमा रहेको प्रस्तुत गीतमा सूर्य राईकै सङ्गीत छ भने विडियो सामग्री निर्माणनिर्देशनमा सुरेन्द्र बसेल छन् । लेखक नेपालको शब्द रहेको ुबरको छायाँलेु बोलको उक्त गीतका सङ्गीत संयोजनमा सञ्जय हमाल छन् । उमेश कुमार, शीला गजुरेल, सुमन ज्योति नेउपानेलगायतका कलाकारको भूमिका रहेको प्रस्तुत गीतको विडियोका निर्देशक सुरेन्द्र बसेल हुन् भने जेएमडी क्रिएसन युट्युब च्यानलमार्फत् उक्त गीत बजारमा ल्याइएको छ ।
स्मरणीय छ, लोक दोहोरी र लिरिकल ब्याटलको मिश्रित रूपमा तयार प्रस्तुत साङ्गीतिक कोशेलीले नेपाली साङ्गीतिक आकाशमा राम्रै उपस्थिति बनाउने गीतकारको दावी छ । प्रस्तुत सिर्जना तथा साङ्गीतिक सामग्रीको सफलताको शुभकामना ।