२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा अमृत कुमार बुढाथोकी

राष्ट्रिय फोटो पत्रकार समूह जिल्ला शाखा सल्यानको अध्यक्षमा अमृत कुमार बुढाथोकी चयन भएका छन् । शनिवार भएको तेस्रो अधिवेशनबाट बुढाथोकीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ ।
समितिको उपाध्यक्षमा प्रसिद्ध डाँगी, समावेशी उपाध्यक्षमा अभिलाषा सिंह, सचिवमा कुल बहादुर रेउले, खुल्ला सह–सचिवमा कमल धिताल, समावेशी सह–सचिवमा प्रदीप पुन, कोषाध्यक्षमा भरत घर्ती चयन भएका छन् । यस्तै सदस्यहरू नवीन डि.सी., सङ्गम राना, रूपलाल चलाउने, विजय बस्नेत, जितेन्द्र महर्जन, विष्णु गौतम, सङ्गम बिहानी, सिर्जना बस्नेत, रेमन्त वि.क. रहेका छन् ।
त्यस्तै सल्लाहकारमा डिल्ली राज रावत, प्रतिक इच्छुक शर्मा, बामदेव के.सी. र खकेन्द्र के.सी. रहेका छन् । साथै फोटोको माध्यमबाट सल्यानलाई चिनाउन योगदान पुर्‍याउने ५ जना पत्रकारहरू सम्मानित भएका छन्

प्रकाशित मिति : २०८१ फाल्गुन ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस