२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

आहा रारा पोखरा गोल्डकपको फाइनलमा नेपाल पुलिस र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफ.सी. प्रतिस्पर्धा गर्ने

काठमान्डौं, २ फागुन ।  नेपाल पुलिस क्लब आहा रारा पोखरा गोल्डकपको सर्वाधिक सफल टोलीमा पदर्छ । पुलिस र मनाङ मस्र्याङ्दीले सर्वाधिक ६ पटक उपाधि जितेका छन् । तर पुलिससामु सातौंपटक उपाधि जितेर कीर्तिमान बनाउने अवसर आएको छ । अहिले पोखरामा भइरहेको २४औ संस्करणको आहा रारा पोखरा गोल्डकपको फाइनलमा नेपाल पुलिस क्लबले भोलि उज्वेकिस्तानको ब्ल्याक बुल्स एफ.सी.सँग प्रतिस्पर्धा गर्दैछ ।  दुवै टोली फाइनलसम्म आइपुग्दा लयमा देखिएका छन् । 

यसैबिच, फाइनल खेल पोखरा रंगशालमा भोलि शनिबार दिउँसो २ः३० बजे सुरु हुने भएको छ । पुलिस र ब्ल्याक बुल्स जसले जितेपनि आहा रारा पोखरा गोल्डकपमा नयाँ कीर्तिमान बन्नेछ । पुलिसलाई फाइनल जित्दै कीर्तिमान रच्ने अवसर रहेको छ । पुलिसले उपाधि जितेमा कीर्तिमानी ७ पटक उपाधि जित्ने क्लब बन्नेछ । यसैगरी ब्ल्याक बुल्सले जितेमा पहिलो सहभागितामै च्याम्पियन बन्नेछ । साथै आहा राराले नयाँ विजेता पनि पाउनेछ । त्यसैले जसले जितेपनि आहा रारा पोखरा गोल्डकपका लागि त्यो विशेष हुनेछ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस