२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

क्याप्टेन उप्रेतीको उपन्यास ‘पायलट प्रेम’ विमोचन

काठमान्डौं, २ फागुन ।  क्याप्टेन बेद उप्रेतीको उपन्यास ‘पायलट प्रेम’ विमोचन  भएको छ ।आज एभिएशन  म्युजियम सिनामंगलमा एक सामारोहका बीच उपन्यास विमोचन भएको हो । उक्त उपन्यासको विमोचन संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री बद्रीप्रसाद पाण्डेले गर्नुभएको थियो ।

उहाँले यो कृति पाईलट पढ्नेहरुको लागि महत्वपूर्ण हुने समेत बताउनु भयो । कार्यक्रममा रेडियो आहा १०४.५ मेगाहर्जका प्रबन्ध निर्देशक हेम सुवेदीले उक्त कृतिको समीक्षा गर्नुभएको थियो ।कार्यक्रममा नेपाली सेनाका पदाधिकारी, उड्यान क्षेत्रका पदाधिकारी, विमान चालक, परिचालिका तथा संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८१ फाल्गुन २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस