२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

काठमान्डौं महानगरपालिका वडा ३० नं. ले ७५ वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क निमोनिया खोप लगाउने

काठमान्डौं, २ फागुन ।  काठमान्डौं महानगरपालिका वडा ३० नं. ले ७५ वर्ष उमेर समूह पूरा हुनु भएका जेष्ठ नागरिक आमाबुवाहरुलाई निःशुल्क निमोनियाको खोप लगाउने भएको छ । 

खोप लगाउन ईच्छुक ७५ वर्ष उमेर समूहका वडावासी ज्येष्ठ नागरिकहरुलाई सात दिन भित्र वडा कार्यालयमा नाम दर्ता गराएर मौकाको फाइदा लिनुहुन पनि वडा कार्यालयले आग्रह गरेको छ । यसैबिच, समय भित्र नाम दर्ता नभएका जेष्ठ नागरिकहरुलाई वडा कार्यालय, ज्ञानेश्वरले खोप सेवा उपलब्ध नगराउने समेत जनाएको छ । 

प्रकाशित मिति : २०८१ फाल्गुन २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस