२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, १ फागुन । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँ बढेको हो । जसअनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको थियो । यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ९ सय ३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर १ हजार ९ सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

प्रकाशित मिति : २०८१ फाल्गुन १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस