काठमान्डौंको बबरमहलमा मेलम्चीको पानीको पाइप फुटेर जलमग्न

काठमान्डौं, ३० माघ । काठमान्डौंको बबरमहलमा मेलम्चीको पानीको पाइप फुटेर जलमग्न भएको छ । आज सडकमा रहेको पाइप फुटेर जिल्ला अदालत काठमाडौं, विशेष अदालत जलमग्न भएको हो । अदालतको पहिलो तला नै डुबाएको छ । साथै वन परिसर डुबानमा परेको छ । डुबानको कारण अदालतको सेवा प्रभावित भएको छ । पाइप फुटेर सडकसमेत जलमग्न हुँदा सवारी आवागमन प्रभावित भएको छ । यसैबिच, एक लेन सडक पुरै बन्द भएको छ, अर्को लेनमा सवारी जाम भएको छ । सशस्त्र प्रहरी र महानगर नगरप्रहरीको टोलीले डुवानमा परेकाको उद्धार गरेका छन् ।
प्रकाशित मिति : २०८१ माघ ३० गते बुधवार